डोल्पा जान अनिवार्य पिसिआर, आन्तरिक पर्यटकलाई हैरानी
कोरोना भाइरसको संक्रमण फैलिन नदिन डोल्पा प्रवेशका लागि पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । पिसिआर रिपोर्ट नभएका आन्तरिक पर्यटकलाई सीमानाकाबाटै फर्काउन थालिएको छ ।
डोल्पामा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रवेशमा कडाइ गरिएको छ । यसका लागि डोल्पा प्रवेश गर्ने सबै नाकामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले पिसिआर रिपोर्ट नभएका आन्तरिक पर्यटकलाई सीमानाकाबाटै फिर्ता गरिएको छ । केही








