बाँकेमा बिहीवार थपिएका संक्रमितमा निर्धन बैंकका कर्मचारीदेखि चिकित्सकसम्म
नेपालगन्ज २२ साउन : बाँकेमा बिहिवार थपिएका २८ संक्रमित मध्ये दुई जना निर्धन उत्थान बैंकका कर्मचारी समेत परेका छन् ।
भेरी अस्पतालका अनुसार, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत एक महिला चिकित्सक, संचारकर्मी, नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारी, भेरी अस्पतालका कर्मचारी, जनप्रतिनिधि , जिल्ला समन्वय समितीका कर्मचारी, सरसफाइकर्मी, वडाका कर्मचारी लगायतमा कोरोना पुष्टि भएको छ









