नयाँ संक्रमितलाई बेलझुण्डी लगिने, बाँकेमा थप अस्पतालको व्यवस्थापनको तयारी
बाँके २ जेठ : बाँकेमा शुक्रवार थपिएका नरैनापुर गाउँपालिकाका ८ जना कोरोना संक्रमितलाई दाङ्गको बेलझुण्डीस्थित कोरोना बिशेष अस्पतालमा लगिने भएको छ । बिरामी लैजान नरैनापुरमा एम्बुलेन्स पुगिसकेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
‘एम्बुलेन्स पठाइसकिएको छ । आजै संक्रमितलाई बेलझुण्डी लग्छौ ।’– श्रेष्ठले भने । बाँकेमा कोरोना बिशेष अस्पतालका रुपमा रहेको खजुर









