जिल्ला सहकारी संघ बाँकेले आफ्नै हाटबजार देखि भोजनालयसम्म खोल्ने
बाँके : जिल्ला सहकारी संघ बाँकेले सहकारीमा आधारित हाट बजारदेखि भोजनालयसम्म स्थापना गर्ने दिर्घकालिन योजना बनाएको छ । संघको आईतबार सम्पन्न भएको २७ औं वार्षिक साधरणसभामा अध्यक्ष प्रेम प्रसाद सुवेदीले उक्त कार्ययोजना पेश गरे । उनको कार्ययोजनामा सम्भाव्यताको आधारमा सहकारी तरकारी हाटबजार, सहकारी यातायात, सहकारी राईस मिल, सहकारी भोजनालय व्यवसाय सन्चालन गर्ने उल्लेख छ । यि सबै कुरा तत्कालै नहुने भन्दै