नेपालगन्ज : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले मापलोत कार्यालयको सेवा प्रवाह सरलीकरण गर्न देशभर निर्देशन दिएको छ । हेर्नुहोस् निर्देशन-
नेपालगन्ज २५ मंसिर : नेपालगन्जमा बन्ने छात्रा कलेजमा चार संकाय पढाउन अध्ययन समितिले प्रस्ताव गरेको छ । रविन्द्र कर्ण नेतृत्वको विषय अध्ययन समितिले विज्ञान संकाय ( बिआईटी), कानुन संकाय, शिक्षा शास्त्र,मानवि संकाय पढाउन प्रस्ताव गरेको हो । के छ अध्ययन प्रतिवेदनमा हेर्नुहोस्-
नेपालगन्ज : बालबालिकाका सम्पूर्ण कपडा पाइने गरी नेपालगन्जको न्यूरोडमा किड्स बुकेट सन्चालनमा आएको छ ।
बुधवार नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले बुकेटको उद्घाटन गरेका छन् ।
सुरत पुरुषले सन्चालन गरेको उक्त बुकेटमा बालबालिकाका लागि अत्यन्त आर्कषक र किफायती कपडा उपलब्ध भइरहेका छन् ।
सुरतका अनुसार राम्रो मुल्यमा बालबालिकाका लगि राम्रा कपडाहरुको विक्री भइरहेको छ ।
नेपालगन्ज २४ मंसिर : भेरी अस्पतालको कोभिड यूनिटलाई बासुदेव रिजालले पेन्सन वापत प्राप्त एक महिनाको तलव हस्तान्तरण गरेका छन् ।
नेपालगन्ज निवासी रिजालले एक महिना बराबरको पेन्सन वापतको रु २७ हजार ९ सय ८३ रुपैया अस्पतालाई हस्तान्तरण गरेका हुन ।
बुधवार अस्पतालका व्यवस्थापन समिति सदस्य कृष्णप्रसाद श्रेष्ठको रोहवरमा कोभिड यूनिट प्रमुख डा. श्याम शुन्दर यादवलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
नेपालगन्ज। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नेपालगंजबाट कुपन प्रणालीबाट धान खरिद कार्य सुरु गरेको छ। कम्पनीले किसानलाई सहज तुल्याउन कुपन वितरण गरी सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्न सुरु गरेको हो।
तर कुपन लिनका लागि लालपुर्जा देखाउनुपर्ने व्यवस्था गरिएपछि भने अधियाँ गरेर धान उत्पादन गरेका किसानहरु चिन्तित देखिन्छन्। कुपन अनुसार दैनिक ५० क्विन्टल सम्म धान विक्री गर्न पाउने व्यवस्
नेपालगन्ज । सरकारले विगत ६ वर्षयता स्थानीय लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई आर्थिक ऐन २०७७ ले दिएका छुट तथा सुविधा उपयोग गर्न पुनः सचेत गराएको छ ।
आर्थिक ऐन २०७७ अनुसार आर्थिक वर्ष २०७०/७१ यता स्थायी लेखा नम्बर लिएर पनि आय विवरण पेश नगर्ने, आय विवरणअनुसार आयकर नतिरेका करदाताका लागि फागुनसम्मको मौका दिएको छ ।
आन्तरिक राजस्व विभागका अनुसार आय विवरण पेश नगर्ने र कर नतिर्ने करदाताको
नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबारदेखि सेवाग्राहीका लागि एसी (बातानुकुलित) सहितको सेवाग्राही कक्ष संचालनमा ल्याइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणा र बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले उक्त कक्षको संयुक्त रूपमा उद्घाटन गरे ।
नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाको १र१ लाख रुपैयाँ सहयोगमा एसीसहितको उक्त कक्षको निर्माण गरिएको नेपालग
नेपालगन्ज २३ मंसिर : नेपालगन्ज मेडिकल कलेजले ३२ वटा आइसियू बेड र भेन्टिलेटर थप गरेको छ । बाँकेको स्वास्थ्य क्षेत्रमा गौरवमय क्षण भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले जनाएका छन् ।
उनका अनुसार मेडिकल कलेजमा ३२ आईसियु बेड थपिएको छ भने थप १२ भेन्टिलेटर तयारी अवस्थामा छन् ।
३ वटै प्रदेशको कोभिडका बिरामीहरुलाई धानेको बाँकेमा कोभिड महामारीमा पनि भेन्टिलेटरको कहिल्यै अभाब न
नेपालगन्ज २३ मंसिर : बाँकेको बैजनाथ गाउँपालिकामा प्रस्ताव गरिएको नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढ्ने आशा गरिएको घर लगत संकलनको काम प्रभावित भएको छ ।
बस्ति व्यवस्थापनका लागि नौवस्ता औद्योगिक क्षेत्र परियोजनाले कात्र्तिक १४ गते ३५ दिने म्याद दिएर घर जग्गाको लगत विवरण पेश गर्न सूचना जारी गरेको थियो । समयवधि भित्र जम्मा १९ जनाले घर लगतका लागि निवेदन दिएको परियोजनाका प्रमुख कृष्ण पुनले बता
बैंकहरूले गत आर्थिक वर्षको नाफाबाट सेयर लगानीकर्तालाई दिने लाभांश घोषणा गरिरहेका छन्।
नेपाल स्टक एक्स्चेन्जका अनुसार हालसम्म लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरू १६ वटा पुगेका छन्।
प्रत्येक बैंकका सञ्चालक समितिहरूले हरेक वर्षको नाफाबाट सेयर लगानीकर्तालाई लाभांश घोषणा गर्छन्।
घोषित लाभांश वितरणको अनुमति नियामक राष्ट्र बैंकले दिनुपर्छ।
हेर्नुस्, कुन कुन बैंकले कति घोषणा गरे लाभांश?
बै