फेरि मापदण्ड विपरीतका सेनिटाइजर बजारमा, औषधि व्यवस्था विभागले लगायो विक्री वितरणमा रोक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत औषधि व्यवस्था विभागले विषाक्त रसायन मिश्रित ह्यान्ड स्यानिटाइजर विक्री वितरणमा रोक लगाएको छ।
राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको स्यानिटाइजरको नमूना परीक्षणमा विषाक्त रसायन मेथानल मिश्रण गरेको भेटिएकोले मानव स्वास्थ्यमा हानी पुर्याउने भन्दै विभागले त्यस्ता स्यानिटाइजर प्रयोग नगर्न भनेको हो।
गोरखापत्रमा सोमबार सूचना निकालेर विभागले विषाक्त रसायन









