नियमित समाचार

भेरी र नेपालगन्ज मेडिकल कलेजको प्रसुती कक्ष सन्चालनमा आयो

भेरी र नेपालगन्ज मेडिकल कलेजको प्रसुती कक्ष सन्चालनमा आयो

   
नेपालगन्ज २७ साउन :  भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको नर्सिङ होमको प्रसुती कक्ष सन्चालनमा आएको छ । कोरोना संक्रमित देखिएपछि प्रसुती कक्षलाई सिल गरिएको थियो । जसका कारण विरामीको उपचारमा समस्या भएको थियो । तर दुबै सेवा सन्चालनमा आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बागंले जानकारी दिए । बाँकेमा मंगलवार ५६ जना संक्रमित थपिएका छन् । जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन
बाँकेमा थप एकजनाको कोरोनाका कारण मृत्यु

बाँकेमा थप एकजनाको कोरोनाका कारण मृत्यु

   
नेपालगन्ज २६ साउन : अछामको चौरपाटाबाट उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएका ५० वर्षिय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गका अनुसार, ती विरामी भएपछि कोहलपुर स्थित मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा आईतबार साँझ ७:३० बजे मृत्यु हुन पुगेको थियो ।तर, ती पुरुषलाई कोरोना प
नयाँ मेसिन जडानपछि भेरीबाट अब कोरोनाको रिर्पोट छिटो आउने

नयाँ मेसिन जडानपछि भेरीबाट अब कोरोनाको रिर्पोट छिटो आउने

   
नेपालगन्ज २५ साउन : भेरी अस्पताल प्रयोगशालामा कोरोना परीक्षणका लागि अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन सोमवार जडान गरिएको छ । उक्त मेसिन जडानसंगै छिटो रिर्पोट आउने छ । दैनिक ८ सय देखि एक हजारसम्मको नमुना परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ । अटोमेटिक एक्सट्रयाक्सन मेसिनले एक घण्टामा ९६ वटा स्वाब नमुनाको आरएनए एक्सट्रयाक्सन गर्न सक्छ ।  
‘कोरोनालाई हल्कारुपमा नलिउ तर नआत्तियौं–कृष्णप्रसाद श्रेष्ठको सुझाव( भिडियो सहित)

‘कोरोनालाई हल्कारुपमा नलिउ तर नआत्तियौं–कृष्णप्रसाद श्रेष्ठको सुझाव( भिडियो सहित)

   
नेपालगन्ज २६ साउन : नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ कोरोना संक्रमित भएपछि यतिबेला सिटी प्यालेस होटलको आइसोलेसनमा उपचार गराइरहेका छन् । संक्रमणको कुनै लक्षण देखिएको छैन भने अवस्था सामान्य छ । श्रेष्ठले कोरोनाबाट नआत्तिन तर लापरवाही नगर्न आग्रह गरेका छन् । श्रेष्ठले निषेधाज्ञा पालना गर्न आग्रह गर्दै यसप्रति उदण्डता देखाउन नहुने पनि बताएका छन् । हेर्नुहोस् भिड
बैजनाथमा पुन : क्वारेन्टाईन निर्माण

बैजनाथमा पुन : क्वारेन्टाईन निर्माण

   
रवी रोकाया नेपालगन्ज २६ साउन :  बैजनाथ गाउँपालिकामा पुन क्वारेन्टाईन सञ्चालनमा ल्याउने निर्णय भएको छ । भारत र तेस्रो मुलुक बाट आउने लाई राख्नका लागी क्वारेन्टाईन पुन :  सञ्चालनमा ल्याउने कार्यपालिका बैठकले निर्णय गरेको हो । कार्यपालिकाको सोमवारको बैठकले यस्तो निर्णय गरेको हो । बैजनाथ गाउँपालिकाले क्वारेन्टाइन संचालन नगर्दा भारत बाट आएका लाई सिधै घर जाने गरेका थिए । गाउँपालिका प्रमुख प्रशासकीय
बाँकेमा सोमबार १५ जना कोरोना संक्रमित थपिए, थपिनेमा दुईजना चिकित्सकदेखि प्रहरीसम्म

बाँकेमा सोमबार १५ जना कोरोना संक्रमित थपिए, थपिनेमा दुईजना चिकित्सकदेखि प्रहरीसम्म

   
नेपालगन्ज २५ साउन :  बाँकेमा सोमवार १५ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा नेपालगन्ज मेडिकल कलेजका दुई चिकित्सक र वडा प्रहरी कार्यालय नेपालगन्जका तीन प्रहरी समेत छन् ।
अख्तियारले खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुखलाई घुस सहित समात्यो

अख्तियारले खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुखलाई घुस सहित समात्यो

   
  नेपालगन्ज २५ साउन :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साहलाई घुस रकमसहित पक्राउ गरेको छ । आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले इन्जिनियर साहलाई धादिङको धुनिबेंसी नगरपालिका–८ खानीखोलाबाट आइतबार पक्राउ गरेको हो । उनको साथबाट स्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैयाँ नगद र बैंकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रु
बाँकेमा उपचार गराइरहेका मध्ये केहीको अवस्था गम्भीर-बाँके सिडीओ

बाँकेमा उपचार गराइरहेका मध्ये केहीको अवस्था गम्भीर-बाँके सिडीओ

   
नेपालगन्ज २६ साउन :  बाँकेमा कोरोना संक्रमित मध्ये केहीको अवस्था गम्भीर रहेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले संक्रमित मध्ये केहीको अवस्था गम्भीर रहेको सार्वजनिक गरेका छन् । बाँकेमा १५ दिन यता २ सय १२ जना संक्रमित थपिएका छन् । आईतवार मात्र एक जना बृद्धाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । उनको सोही दिन साँझ नै अन्त्येष्टि गरिएको छ ,
क्वारेन्टाइन नबसी स्वाब परीक्षण गराउने, रिर्पोट पोजेटिभ आएपछि बेपत्ता

क्वारेन्टाइन नबसी स्वाब परीक्षण गराउने, रिर्पोट पोजेटिभ आएपछि बेपत्ता

   
बाँके २५ साउन :  कोरोना परीक्षण गर्ने तर रिर्पोट पोजेटिभ आएपछि सम्पर्कबिहिन हुने घटना बाँकेका सार्वजनिक भएको छ । एकपछि अर्को गर्दै संक्रमित बढ्दै गएका बेला देखिएका यस्ता घटनाले स्वास्थ्यकर्मीलाई तनाव दिएको छ । त् यसै त यतिबेला बाँकेभर निषेधाज्ञा लागु गरिएको छ भने नेपालगन्जमा त सिल नै गरिएको छ । यस्तो अवस्थाका बीच स्वाब संकलन गर्न लगाउने र रिर्पोट पोजेटिभ आएपछि भाग्ने प्रबृत्ति देखा परेको
बाँकेमा कोरोनाका कारण ७० वर्षिया महिलाको निधन

बाँकेमा कोरोनाका कारण ७० वर्षिया महिलाको निधन

   
नेपालगन्ज २५ साउन : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । गत २३ गते अस्पतालमा भर्ना भएकी कोहलपुर नगरपालिका -२ की ७० वर्षिया महिलाको आज दिउँसो ३ बजे मृत्यु भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले अस्पतालमा उपचार गराइरहेकी एक महिलाको मृत्यु भएको जानकारी दिए । ‘अस्पतालमा उपचार गराइराखेकी कोरोना संक्रमण महिलाको मृत्यु भएक