कोरोनालाई हल्कारुपमा नलिन सुझाव, बाँकेमा एकैदिन ७९ जना डिस्चार्ज
नेपालगन्ज ४ भदौ : बाँकेमा कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किनेहरूको सङ्ख्या बढ्दो छ । बिहीबार मात्रै ७९ जना सङ्क्रमितले कोरोना जितेर घर फर्किन लागेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार निको भएपछि २८ जनालाई बिहीबार बिहानै डिस्चार्ज गरेर घर पठाइएको छ भने तीजका कारण शुक्रबार डिस्चार्ज हुने सूचीमा रहेका ५१ जनालाई पनि बिहीबार साँझ डिस्चार्ज









