ब्रेकिङ न्यूज

खजुरा गाउँपालिकाको आफ्नै  मोबाईल एप्स्

खजुरा गाउँपालिकाको आफ्नै मोबाईल एप्स्

   
बाँके :  खजुरा गाउँपालिकाले आफ्नो मोबाईल एप्स् सेवा सञ्चालनमा ल्याएको छ । घरमै बसेर पनि गाउँपालिकाले प्रबाह गर्ने सेवा बारे बुझ्न सकिने गरी मोबाईल एप्स् सञ्चालनमा ल्याएको हो । एन्ड्रोइड मोबाईलको प्लेस्टोर एप्लीकेशनमा गएर खजुरा मुनिसिपालिटी टाइप गरी इन्स्टल गरी हेर्न सकिने खजुरा गाउँपालिकाका सूचना प्रबिधि अधिकृत सुरेश साहुले जानकारी दिए । मोबाईल एप्लिकेशनको एक कार्यक्रमका बीच खजुरा गाउँपालिका प्र
ब्याजदर बढाउने बैंकलाई राष्ट्र बैंकले सचेत गरायो

ब्याजदर बढाउने बैंकलाई राष्ट्र बैंकले सचेत गरायो

   
बाँके : व्यक्तिगत मुद्दती खातामा ठूला बैंकहरु नै १३ प्रतिशत व्याजदर दिने प्रतिस्पर्धामा उत्रिएका छन्। यसअघि कुमारी र सेन्चुरी कमर्सियल बैंकले १३ प्रतिशत दिँदै आएकोमा नविल र हिमालयन बैंकले पनि सोही दरको व्याजदर दिने सूचना सार्वजनिक गरेका हुन्।  केही बैंकले १३ प्रतिशत दिन थालेपछि भएको निक्षेप पनि जोगाउन नसक्ने अवस्था आएको भन्दै यी बैंकहरुले व्याजदर बढाएका हुन्। यी बैंकले व्याजदर बढाएसँगै अन्यलाई
राजश्व न्यायाधिकरण पुग्दैनन् व्यवसायी

राजश्व न्यायाधिकरण पुग्दैनन् व्यवसायी

   
बाँके : साविकको मध्य तथा सूदुरपश्चिम कार्यक्षेत्र रहेको राजश्व न्यायाधिकरण कार्यालय नेपालगन्जमा भन्सार तथा कर सम्बन्धी मुद्दामा भएका फैसलाको पुनरावेदनका लागि थोरै मात्र निवेदन पर्ने गरेको पाईएको छ । यतिका ठुलो कार्यक्षेत्र रहेपनि यहाँ मुद्दाको संख्या भने औंलामा गणना गर्न सक्ने मात्र  छ । गत आर्थिक वर्षमा राजश्व न्यायाधिकरण कार्यालय नेपालगन्जमा निवेदन प्रतिबेदन ( भन्सार तथा राजश्व कार्यालयले मुद
फोहोर गर्नेलाई कारवाही गर्ने मेयर राणाको चेतावनी

फोहोर गर्नेलाई कारवाही गर्ने मेयर राणाको चेतावनी

   
बाँके : नेपालगन्ज उपमहानगरपालिकाले शहरभित्र जथाभावी फोहोर गर्नेलाई अब कानुनी कारवाही गर्ने चेतावनी दिएको छ ।       उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले प्रेस बिज्ञप्ती जारी गर्दै गत शनिबार नेपालगन्जमा सम्पन्न भएको बृहद सरसफाई अभियानमा सहभागिहरुलाई धन्यबाद दिदै फोहोर गर्नेहरुलाई भने अब कानुनी कारवाहीको बाटो समात्ने चेतवानी दिए । म फोहोर गर्दीन, फोहोर हुन पनि दिन्न भन्ने नारालाई सार्थक बनाई श
फुल व्यवसायमा जमेका अंगित

फुल व्यवसायमा जमेका अंगित

   
बाँके :  खाडीमुलकमा पसिना चुहाएपछि घर फर्किएका नेपालगन्ज अन्नपुर्णटोलका अंगित श्रेष्ठले स्वदेशमै केही गर्ने तर बिदेश नजाने कसम खाए । तर स्वदेशमा के गर्ने ? असमन्जसमा परे । बुवाले जेनतेन एउटा नर्सरी चलाउँदै आएका थिए । तर त्यति राम्रो जम्न सकेको थिएन । त्यही हिमाल नर्सरी सम्हाल्ने जुक्ति फु¥यो । बुवाले जेनतेन चलाइरहेको नर्सरीमा लगानी थप्ने र त्यसलाई व्यवसायिक तरिकाले चलाउने निष्कर्षमा पुगे उन
दामोदर आचार्य :  मुस्किल समयका अध्यक्ष, ‘ड्रिम प्रोजेक्ट’का परिकल्पनाकार

दामोदर आचार्य : मुस्किल समयका अध्यक्ष, ‘ड्रिम प्रोजेक्ट’का परिकल्पनाकार

   
उद्योग वाणिज्य संघ मात्र नभई राजनीति र नेपालगन्जको सामाजिक आन्दोलनका क्षेत्रमा दामोदर आचार्य चिरपरिचित नाम हो । पदमा रहंदा होस् चाहे नरहंदा संघदेखि सामाजिक आन्दोलनसम्म उनको भुमिकालाई कसैले नजरअन्दाज गर्न सक्दैनन् । सरकारी सेवा छाडेर व्यवसाय हुँदै राजनीतिमा आएका आचार्य २०५४ सालदेखि उद्योग वाणिज्य संघमा सक्रिय छन् । २०५४ सालमा उनी मनोनित सदस्य भएका थिए । उद्योग वाणिज्य संघ प्रवक्ता देखि अध्यक्षसम्मक
भन्सारमा प्रयोग हुने शब्दावली सम्बन्धी जानकारी

भन्सारमा प्रयोग हुने शब्दावली सम्बन्धी जानकारी

   
बैकिङ प्रणाली अन्तर्गत भुक्तानी भन्नाले के के लाई बुझाउँछ ? बैकिङ प्रणाली अन्तर्गत भुक्तानी भन्नाले LC, Draft, TT, CAD, D/P, D/A मार्फत हुने भुक्तानी र अग्रिम भुक्तानी समेतलाई बुझाउँछ ।  प्रज्ञापनपत्रलाई कसरी प्रस्तुत (Submit) गरिन्छ ? ASYCUDA पद्धति लागू भएको भन्सार नाकामा विद्युतीय माध्यमबाट सम्प्रेषण गर्न सकिन्छ भने अन्य कार्यालयहरुमा उपस्थित भई दर्ता गराउनु पर्ने हुन्छ ।  कागजातहरु  प
सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक प्यानलका रावत बिजयी

सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक प्यानलका रावत बिजयी

   
सुर्खेत, २ पौष : सुर्खेत उद्योग बाणिज्य संघको अध्यक्षमा धनबहादुर रावत विजयी भएका छन् । संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा लोकतान्त्रिक प्यानलका रावतले ८१० मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी संयुक्त उद्योगी व्यवसायी प्यानलनका प्रकाश उप्रेतीले ७९३ मत ल्याएर पराजित भए ।        अन्य पदाधिकारीहरुमा भने मिश्रित परिणाम आएको छ । संघको वरिष्ठ उपाध्यक्षमा हर्षविक्रम खड्का (७८९), उ
आन्दोलनमा स्थानीय तहका कर्मचारी

आन्दोलनमा स्थानीय तहका कर्मचारी

   
भगतराम थारु बाँके :  स्थानिय तहमा अविछिन्न रुपमा कार्यरत कर्मचारीलाई सम्मानित सर्वोच्च अदालतको फैसला आदेशको कार्यन्वयन व्यवस्थाको माग गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् । स्थानिय तह जिल्ला समन्वयन समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा आवद्ध अस्थायी, करार, ज्यालादारी, सामाजिक परिचालक लगायतका कर्मचारीहरुको अदालतले २०७५ मा अध्यादेश गरेको व्यवस्था अनुसार स्थानिय सरकार स
बाँकेमा साना उद्योगको आर्कषण बढ्यो, चुनौती उस्तै

बाँकेमा साना उद्योगको आर्कषण बढ्यो, चुनौती उस्तै

   
बाँके :  बाँके जिल्लामा साना तथा घरेलु उद्योग सन्चालनमा आर्कषण देखिएको छ । गत आर्थिक वर्षमा मात्र जिल्लामा ७ सय ८९ वटा उद्योग दर्ता भएका छन् । रु २ लाख देखि ५ करोड कुल पुँजीभएका उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जकी निमित्त प्रमुख दुर्गा ओलीले जानकारी दिईन । ‘लगानीको सम्भावना धेरे बढेको छ । जिल्लामा साना तथा घरेलु उद्योगको दर्ताले पनि यो कुराको पुष्टि  गर्छ ।’— निमित्त प्रम