सुर्खेतका होटलको गुणस्तर वर्गीकरण गरिदै
सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य स्वच्छताका आधारमा वीरेन्द्रनगरका होटल तथा रेस्टुराँको वर्गीकरण शुरू गरेको छ । होटलको वर्गीकरणपश्चात् स्तरीकरण मूल्यांकन सूचकांकको कामलाई अघि बढाइने भएको छ ।
खाद्य स्वच्छताका आधारमा होटल तथा रेस्टुराँ स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ मा अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चार भागमा विभाजन गरिएको छ । ९० अंकभन









