नियमित समाचार

‘स्टार’ होटललाई ‘सेल्टर’ बनाएर  अपराध,लागुऔषधदेखि अनलाइन जुवा–सट्टाबाजीकाे धन्धा

‘स्टार’ होटललाई ‘सेल्टर’ बनाएर  अपराध,लागुऔषधदेखि अनलाइन जुवा–सट्टाबाजीकाे धन्धा

   
नेपालगञ्ज । बाँकेका होटललाई ‘सेल्टर’का रूपमा प्रयोग गरेर अपराध भइरहेकाे पछिल्लो एक साताभित्र भएका दुई घटनाले देखाएका छन्। नेपालगञ्ज र कोहलपुरका होटलबाट लागुऔषध र अनलाइन जुवा–सट्टाबाजीसँग जोडिएका भारतीय नागरिक पक्राउ परेका छन्। नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित डायमण्ड होटलबाट प्रहरीले ८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज
क्यामेरा अघिअघि, बजार अनुगमन पछिपछि …

क्यामेरा अघिअघि, बजार अनुगमन पछिपछि …

   
नेपालगञ्ज । बजार अनुगमनका क्रममा क्यामेरा अगाडि र अनुगमन टोली पछाडि हिँड्ने प्रवृत्ति बढ्दै गएको छ। बजारमा हुने अनियमितता, गुणस्तरहीन वस्तुको बिक्री, म्याद गुज्रिएका सामग्री तथा उपभोक्ता हितविपरीतका गतिविधिको प्रमाण संकलन गर्न भिडियो अभिलेख महत्वपूर्ण मानिन्छ। तर, अनुगमनका क्रममा क्यामेरा प्रयोग गर्ने शैली र त्यसपछि खिचिएका दृश्यको सार्वजनिक प्रयोगलाई लिएर उद्योगी–व्यवसायीले प्रश्न उठाउन थालेक
दसैँ नजिकिँदै गर्दा अटोमोबाइल बजारमा चहलपहल, ईभीको माग बढ्दो

दसैँ नजिकिँदै गर्दा अटोमोबाइल बजारमा चहलपहल, ईभीको माग बढ्दो

   
नेपालगञ्ज । दसैँ नजिकिँदै जाँदा नेपालगञ्जको अटोमोबाइल बजारमा चहलपहल बढ्न थालेको छ। विशेषगरी विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण र माग बढ्दै गएको व्यवसायीहरू बताउँछन्। तर बढ्दो मागअनुसार सवारीसाधनको आपूर्ति भने सहज नहुने अवस्था देखिएको छ। अटोमोबाइल क्षेत्रमा १६ वर्षको अनुभव रहेका स्वस्तिका अटो एन्ड इन्जिनियरिङ वर्क्सका सञ्चालक निरञ्जन राजभण्डारीका अनुसार दसैँमा गाडी खरिद गर्ने ग्राहक
इलेक्ट्रिक इन्जिनियर पढेका टाेपलालकाे १२ बिगाहामा केरा खेती(भिडियो)

इलेक्ट्रिक इन्जिनियर पढेका टाेपलालकाे १२ बिगाहामा केरा खेती(भिडियो)

   
बर्दिया । विदेश गएर कमाउने सपना धेरै युवाले देख्छन्। सरकारी जागिरलाई सुरक्षित भविष्यको आधार मान्नेहरू पनि कम छैनन्। तर बर्दियाका टोपलाल विकले भने विदेश र जागिरको बाटो छाडेर कृषि रोजे। आज त्यही निर्णयले उनलाई व्यावसायिक केरा कृषकसँगै कृषि उद्यमी र अरू किसानका लागि उदाहरण बनाएको छ। https://youtu.be/9sEf17Vs17Y?si=DxBgx2JzZfywhRmj सल्यानमा जन्मिएका टोपलालले नेपालगन्जमा अध्ययन गरे। प्राविधिक शिक्षा
मिल्क एनालाइजरमा अनुगमन छैन, किसान भन्छन्– ‘गडबडी छ’

मिल्क एनालाइजरमा अनुगमन छैन, किसान भन्छन्– ‘गडबडी छ’

   
नेपालगञ्ज । दूधको गुणस्तर मापन गर्ने मिल्क एनालाइजरमा गडबडी वा गलत क्यालिब्रेसन गरेर किसानलाई कम मूल्य दिने गरिएको गुनासो नेपाली दुग्ध क्षेत्रमा पटक–पटक उठ्ने गरेको छ। तर बजारमा दूध तथा दुग्धजन्य पदार्थको अनुगमन हुने गरे पनि डेरी तथा दूध संकलन केन्द्रमा प्रयोग भइरहेका मिल्क एनालाइजरको परीक्षण, क्यालिब्रेसन र प्रमाणीकरणमा पर्याप्त ध्यान नदिइएको किसानहरूको गुनासो छ। यसको प्रत्यक्ष असर दूध
शिखर मेलामाइन प्लाइउडको विशेषता : बलियोपनसँगै आकर्षक डिजाइन

शिखर मेलामाइन प्लाइउडको विशेषता : बलियोपनसँगै आकर्षक डिजाइन

   
  काठमाडौं । इन्टेरियर डिजाइनमा मजबुती, टिकाउपन र आकर्षक फिनिसिङलाई प्राथमिकता दिँदै शिखर मेलामाइन प्लाइउड बजारमा उपलब्ध गराइएको छ। वार्डरोब, किचेन, लिभिङ स्पेस, बेडरुम तथा कार्यालयका विभिन्न संरचनामा प्रयोग गर्न सकिने शिखर मेलामाइन प्लाइउडलाई कम्पनीले बलियो र भरपर्दो उत्पादनका रूपमा प्रस्तुत गरेको छ। यसमा प्रिमियम मेलामाइन फिनिसिङ, समान गुणस्तर र आकर्षक सतहलाई विशेषता बनाइएको कम्पनीको भनाइ
नेपालगन्जमा करोडौँको सार्वजनिक लगानी, प्रयोगमा छैनन् संरचना

नेपालगन्जमा करोडौँको सार्वजनिक लगानी, प्रयोगमा छैनन् संरचना

   
नेपालगन्ज । नागरिकलाई सेवा दिने उद्देश्यले राज्यको ठूलो रकम खर्च गरेर नेपालगन्जमा निर्माण तथा खरिद गरिएका विभिन्न संरचना प्रभावकारी रूपमा प्रयोगमा आउन सकेका छैनन्। नगरबस, घुम्ती शौचालयदेखि सिटी हलसम्मका संरचनामा भएको सार्वजनिक लगानीको उपयोगितामाथि प्रश्न उठेको छ। नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा सातवटा नगरबस खरिद गरेको थियो। चारवटा ४१ सिटे र तीनवटा ३६ सिटे गरी सात बसका लागि ३
विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह

विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह

   
  नेपालगन्ज । नेपाल उद्योग वाणिज्य महासंघले विद्युत महसुलमा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन सरकारसँग आग्रह गरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ देखि विद्युत महसुलमा भ्याट लागू हुँदा उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको उत्पादन तथा सञ्चालन लागत बढेको महासंघको भनाइ छ। विद्युत औद्योगिक उत्पादन, व्यापार र पर्यटन क्षेत्रको आधारभूत पूर्वाधार भएकाले यसमा थप कर लगाउँदा व्यवसायको ला
बाँकेमा ‘हनी ट्रयाप’मा पारेर ब्ल्याकमेलिङ गरेको आरोपमा महिला पक्राउ

बाँकेमा ‘हनी ट्रयाप’मा पारेर ब्ल्याकमेलिङ गरेको आरोपमा महिला पक्राउ

   
नेपालगन्ज । ‘हनी ट्रयाप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा बाँके प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१० सुकेधारामा बस्दै आएकी ३० वर्षीया सविता श्रेष्ठ रहेकी छन्। प्रहरीका अनुसार श्रेष्ठले २०८१ सालदेखि बैजनाथ गाउँपालिका–२ का ३२ वर्षीय एक पुरुषलाई पूर्वयोजना बनाएर प्रेम तथा शारीर
हरेक वर्षातमा तरकारी नष्ट, न क्षतिपूर्ति न बीमा (भिडियो)

हरेक वर्षातमा तरकारी नष्ट, न क्षतिपूर्ति न बीमा (भिडियो)

   
नेपालगन्ज । लगातारको वर्षाले बाँके र बर्दियाको कृषि क्षेत्र प्रभावित भएको छ। वर्षाका कारण धान तथा तरकारी खेतीमा क्षति पुगेको छ। https://youtu.be/WM8j_Bqp8ec?si=8uMD3-g4ZyIJWv2J तरकारीको पकेट क्षेत्र नेपालगन्ज–१९ मा बिक्रीका लागि तयार भएको तरकारी वर्षाले नष्ट गरेपछि किसान निराश भएका छन्। स्थानीय अगुवा कृषक गोपी यादवका अनुसार अन्य समयमा दैनिक करिब १० क्विन्टल तरकारी बजार पठाउने किसानले आइतबार एक क