
यसरी राँझामा भब्य बन्दै छ, ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’
राँझा विमानस्थल नजिकै जानकी–६ मा निर्माण भइरहेको ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ दुई महिनाभित्रै सञ्चालनमा आउने गरी तयारी भइरहेको प्रबन्ध निर्देशक सीताराम यादवले जानकारी दिए । दुई दशकदेखि हस्पिटालिटि क्षेत्रमा अनुभव बटुलेका यादवले २०५६ सालदेखि नेपालगन्जमा भेरी होटल सञ्चालन गरिरहेका छन् । “तारे होटल सञ्चालनका अनुभव पनि लिइसकेकाले नेपालगन्जमा बिल्कुलै नौलो तरिकाबाट सर्भिस प्रोभाइड गर्दैछौं,” ‘