प्रधानमन्त्रीद्धारा देउखुरीस्थित देशकै दोस्रो लामो पुल उद्घाटन
नेपालगन्ज । प्रधानमन्त्री केपी शर्मा ओली सोमवार लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उद्घाटन गरेका छन् ।
राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए । करिब एक अर्ब लागतमा चार वर्षभित्र निर्माण सम्पन्