लुम्विनी प्रदेश सरकारको चासो पछि ग्रामीण विकास प्रशिक्षण केन्द्रले पुर्नजीवन पायो
नेपालगन्ज १८ कात्र्तिक : लुम्विनी प्रदेशको चासो पछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ मा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्रले पुर्नजीवन पाएको छ ।
१७ वर्षदेखि सञ्चालन नहुँदा वेवारिसे झै बनेको उक्त तालिम केन्द्र अब भने सन्चालनको अवस्था आइपुगेको छ । प्रदेश सरकाले प्रदेशस्तरीय कर्मचारी प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने गरी काम अगाडी बढाएको छ । बजेट बिनियोजनसंगै काम अगाडी बढेको छ ।









