लुम्बिनी प्रदेशमा हरित स्वयंसेवक नियुक्त
नेपालगन्ज : लुम्बिनी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले नौ सय ८३ जना हरित स्वयंसेवक नियुक्त गरेको छ । हरित स्वयंसेवकको मद्दतले स्थानीयस्तरमा किसानलाई सरल, सहज र सुलभ तरिकाले कृषि प्रविधि हस्तान्तरण हुने अपेक्षा लिइएको छ ।
लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लाका नौ सय ८३ वडाबाट एकएक जना स्वयंसेवक छनोट गरिएको छ । ३५ वटा वडाबाट कसैको आवेदन नपरेकाले पुन आवेदन माग गरिएको छ । निर्वाह









