कोरोनाका कारण बबई बहुमुखी क्याम्पसका प्रमुखको निधन
कोरोनाका कारण बर्दियास्थित बबई बहुमुखी क्याम्पसका प्रमुख बिनोद अग्रवालको निधन भएको छ । संक्रमणपछि बर्दियास्थित घरमै होम आइसोलेसनमा बसेका अग्रवाललाई शनिवार बिहान सास फेर्न समस्या भएको थियो ।
समस्या बढेपछि थप उपचारका लागि तत्कालै नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याउने क्रममा अस्पतालको गेटमा नपुग्दै उनको निधन भएको जनस्वास्थ्य कार्यालय बाँकेका कोभिड फोलक पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठ









