अथक – गाउँदेखि संसदको दौडधुपमा नथाक्ने माननीय !
नेपालगन्ज - बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद महेश्वर गहतराज अथक संसद सकिना साथ गाउँ फर्किन्छन् । आउँदै छु भनेर सामाजिक सन्जालमा लेख्छन् ।
गाउँ आउँदा के के काम गर्ने ? पहिल्यै सूची तयार हुन्छ । कस्लाई भेट्नु छ ? कहाँका जनताको समस्या सुन्नुपर्ने छ ? सूचीमा हुन्छ । समयको उपयोग गर्न माहिर उनी निर्वाचन क्षेत्र आउँदा के गर्नुपर्ने हो भनेर पहिल्यै सुची बनाउन लगाइहाल्छन् । उनी आवद्ध पार्टी








