भेरी–बबईको लागत दोब्बर, सिक्टामा २१ वर्षमा आधा काम
नेपालगन्ज । राष्ट्रिय गौरवका विकास आयोजनामा हुने ढिलासुस्तीले निर्माण अवधि मात्र लम्ब्याएको छैन, राज्यको लगानीसमेत निरन्तर बढाइरहेको छ। बाँकेमा केन्द्रित सिक्टा सिँचाइ आयोजना र भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना यसको उदाहरण बनेका छन्।
वर्षौँदेखि निर्माणाधीन यी दुवै आयोजनाको काम अपेक्षित गतिमा अघि बढ्न नसक्दा लक्षित क्षेत्रका नागरिकले समयमै आयोजनाको प्रतिफल पाउन सकेका छैनन्। अर्कोतर्फ, लागत









