बाँकेमा छ महिनामा जग्गाको रजिष्ट्रेशन वापत रु ३८ करोड राजश्व उठ्यो(कुन स्थानीय तहले कति पाए ?)
नेपालगन्ज २४ जेठ : बाँके जिल्लामा पछिल्लो छ महिनामा रु ३८ करोड ४८ लाख ९४ हजार ८ सय ७ रुपैया राजश्व उठेको छ । भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका अनुसार, उक्त राजश्व २०७७ मंसिरदेखि २०७८ बैशाखसम्मको हो ।
संकलन भएको राजश्व नियम अनुसार बाँडफाँड भएको छ ।
संकलन भएको मध्ये ६० प्रतिशत सम्बन्धित स्थानीय तहले पाउने गरेका छन् भने बाँकी रकम प्रदेशमा दाखिला गरिन्छ । सोही नियम अनुसार बाँकेका स्थान








