२५ लाख ऋणबाट उठे नरेशबाबु, अहिले दैनिक ९० लिटर दूध बिक्री (भिडियो )
बर्दिया । बंगुरपालन गर्दा लागेको २५ लाख रुपैयाँ ऋणले नरेशबाबु थारुलाई निराश बनाएन । ऋणको भार हुँदाहुँदै उनले व्यवसाय परिवर्तन गर्ने निर्णय गरे र गाईपालनतर्फ लागे । अहिले त्यही निर्णय उनको आम्दानीको मुख्य आधार बनेको छ ।
https://youtu.be/CJzQhdlQc-w?si=8YpmcuKhpRNZCom9
बर्दियाको बढैयाताल गाउँपालिका–६ मा नरेशबाबु थारुले सञ्चालन गरेको गाईफार्ममा अहिले २० वटा गाई छन् । गोठमा रहेका गाईबाट दै









