दुई दशक माटोमा पसिना बगाएका किसान अब फार्म बेच्दै
नेपालगन्ज । करिब दुई दशकदेखि एउटै माटोमा पसिना बगाउँदै कृषि कर्ममा लागेका एक किसान अहिले आफ्नै फार्म बिक्रीमा राख्न बाध्य भएका छन्। कृषि व्यवसाय विस्तार गर्ने सपना बोकेर वर्षौं लगानी र श्रम गरेका उनले बाँकी ऋण तिर्न फार्म तथा सम्पत्ति बिक्री गर्नुपर्ने अवस्था आएको सुर्खेत लेकबेसी-१० का कृषक डिलाराम आचार्यले बताए ।
‘करिब दुई दशकदेखि एउटै माटोमा पसिना बगाउँदै आएको मान्छेले एक दिन त्यही माटो बिक्र









